गजल - मीना देवी फयेल

Image

 गजल

- मीना देवी फयेल, गहपुर

१.
नयाँ साल आउँछ जान्छ केही हतार नगर्नुहोस् ,
 सित्तैमा भेटेको धनले धेरै हाट बजार नगर्नुहोस् ।

 हराएपछि मात्रै थाहा हुन्छ  त्यसको  मुल्य
चिताएर मात्रै पनि कल्पनाको संसार  नगर्नुहोस् ।

उसले कुनैकुरामा  हजुरलाई लत्याएको हुनसक्छ
घरमा आएको उसलाई त्यही ब्यवहार नगर्नुहोस् ।

यो दुनियाँमा सबै बैमानी नहुन पनि सक्छन्
विस्वासै नरहेपछि  शंका बारम्बार  नगर्नुहोस् ।

यदि तपाईंको दुखमा कसैले साथ दिएको छ भने
उसको कुनै प्रस्तावलाई पनि इन्कार नगर्नुहोस् ।


२.
पृथ्वीलाई जितेर पनि तिम्रोआफैंसंग तब हार हुन्छ ,
जब एउटै थालीमा खाने आफ्नो कोही  गद्दार हुन्छ ।

मुखमा मीठो र हृदयमा तितो  हुँदैन कहिल्यै उसको
बोली र व्यवहारमा जसको आमाको संस्कार हुन्छ ।

बुढा बुवाका मैलो लुगामा चिनाउन गाह्रो भएको तिमीलाई
उमेरले तिमीलाई लिएर एकदिन त्यही नाउमा सवार हुन्छ ।

 दुख नमान कुनै एक आफन्त  बैगुनी भए होस
दुखको घडीमा सहारा दिनेपनि त परिवार हुन्छ।

आँखा जतिसुकै पखालेपनि दृश्य त त्यही रहने गर्छ
 बाँच्न पर्छ जब सम्झनापनि सुन्दर बहार हुन्छ ।

1 Comments

Post a Comment

Post a Comment

Previous Post Next Post