आजका छोरी चेली - कविता

आजका छोरी चेली
 ***************
       कविता

आजका छोरी चेलीहरूले 
समानताको गीत गाउँछन कसैलाई
भेदभाव नराखि
सबैसँग प्रेमले मीत लाउँछन्। 
मनमा हौसला र पुरुस्वार्थले 
अघि बढ़छन्
कर्मयोगी बनेर सफलताले जीत  पाउँछन्। 
विवेकशील बनेर आवेगलाई 
कोसौ पर सार्छन्
हिंसा, विद्वेष र घृणालाई
मनदेखि साचै नै मार्छन् 
सकारात्मक सोचले सबैको
हित चाहन्छन्। 
आधुनिकताको धुनपेशमा
आफैलाई सवारछन्
तनको साथै मनको
सुन्दरताको शीत भाउँछन।
आफ्नो काम आफै गर्नुमा सिद्धहस्त हुन्छन
सफल जीवन बनाएर 
अम्बरको उचाई छुन्छन्।
आफ्नै भरोसामा संसार टिकाउने
नियम नीति  चलाउछन्
माया प्रीतिले आफन्तको 
हृदय जगमगाउँछन्। 
मुक्त आकाशमा चरि झै
उडने हिम्मत गर्छन्
आफ्नो सपनालाई 
साकार बनाउने 
भरपूर प्रयास गर्छन्। 
विज्ञानको दृष्टिकोणले
हेर विचार गर्न 
नित्य कराउँछन्
हदयको कोठरीमा सजाएको सपनालाई
मल जलले 
फस्टाउने गरी सजाउँछन।

शारीरिक परिश्रम भन्दा बडी
मानसिक परिश्रम गर्छन्
आफ्नो बल बुद्धिले नयाँ 
चेतनाको बीज छर्छन।
साहित्य सृजनामा पनि 
प्रीत लगाउँछन्
अन्धविश्वास र कुसंस्कारलाई 
जड़ देखि भगाउँछन्।
             
                        यशोदा छेत्री
                    बेदेती-नासबर
                विश्वनाथ, असम
             दिनांक -१०/१२/२५

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post