गजल - जनकराज उपाध्याय " राजु "

 
गजल     

 ✍जनकराज उपाध्याय " राजु" गुवाहाटी

तिमीलाई हेर्ने निहुँले आज तिम्रो सहरतिर सरेँ
सुनेको छु तिमी त लाखौंमा नै एक छौ अरे।।

भमरा र मौरीले घेर्छन् होला दिनभरी सायद
साइत जुराएर नै आउने छु म एक्लै भरे-भरे।।

गजल छ गीत छ सुनेको छु हर अदामा तिम्रो
ती आयामहरू बाँध्न तिमीलाई भेट्ने निधो गरेँ।।

तिरबिराउँछन् आँखा नजर मिल्दा भन्छन् सबै
प्रत्येक्ष नै हेरुँ कि लुकेर म त दोधारमा पो परेँ।।

अप्सरा मेनका पनि मात खान्छन् भन्ने खबर छ
बाँचेर फर्के बताउने छु तिमीमा म कति चोटि मरेँ ।।

तिमीलाई हेर्ने निहुँले आज तिम्रो सहरतिर सरेँ
सुनेको छु तिमी त लाखौंमा नै एक छौ अरे।।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post