
मान्छेले दिनहुँ अभिनय गरेको मैले देखेको छु
मनसा फेरेर सिद्धान्त तय गरेको मैले देखेको छु
बाँचुन्जेल जरा काट्ने खुट्टा तान्ने मान्छेहरूले पनि,
मृत्युपश्चात फोटोमा जयजय गरेको मैले देखेको छु।
-----प्रकाश कुइँकेल, बङ्गालीपाडा
आमालाई पलपल रुवाउने सन्तान मन्दिर धाएको देख्छु
जननीलाई तिता वचन सुनाउनेले भजन गाएको देख्छु
घरमा एकमुठी अन्नका निम्ति तड़पिने गर्छिन् ती आमा
छोराछोरी चाहिँ रेस्टुरेन्टमा गएर टन्न खाएको देख्छु ।
-----प्रतिमा ढकाल, बेगीजान
यो जिन्दगी सुगन्धमय सुवास छर्ने पूल भइदिए
कलकल बग्ने निर्मल जलधाराको मूल भइदिए
यो सारा संसार नै काल्पनिक त्यो स्वर्ग बन्थ्यो कि
उचनीचविहीन मानव जातिको एउटै कुल भइदिए ।
-----राजेन सुवेदी, दुधनै गोवालपारा
मेरा गजलहरूका बहरमा तिमी छेउ
मुक्तकको तुकबन्दी सहरमा तिमी छेउ
अँध्यारो रातको जुन बिहानीको किरण
जीवन जिउने हरेक प्रहरमा तिमी छेउ ।
-----बबिता शर्मा, तिनिसुकिया, धौला
ढुंगा पुजी मान्छे लट्याउनेहरूलाई
धनकै बिचमा खुसी कोट्याउनेहरूलाई
के नै गर्नु पर्ने र मायाको कुरा हजुर
बोक्रा हेरी जात छुट्याउनेहरूलाई ।
----- सन्तोष सुबेदी, भोलाझार, बाक्सा
पहिले पेटमा भएको बखत मन भराईदियो
उसैले आफ्नो मनबाट आमालाई हटाईदियो
हिजो एक छाक खान नपाएर आमा मरिन,
छोरोले श्राद्धमा उनकै लागि खिर चढाईदियो ।
-----गंगाराम फुयेल, मालदाई तिनिसुति,विश्वनाथ
हैरान छन सबै मान्छेहरू कस्तो दिन आयो
हाहाकार सुन्छु चारैतिर यमदुत लिन आयो
आज दुखमा बल्ल उनलाई सम्झेर भन्छन्
सुन्दर धरामा हे प्रभु यो बिमार किन आयो ।
-----चन्द्र कुमार भट्टराई, गमिरी
नदी निरन्तर बगि नै रहन्छ कैलै सुक्दैन
सुर्यको किरण चम्कि नै रहन्छ कैलै लुक्दैन
हिमाल जस्तो अटल छौँ हामि वीर जाती
स्वाभिमानी गोर्खालीको शिर कैलै झुक्दैन ।
-----बिकाश दुलाल, काउडीपथार
तिमी शब्द दिन्छेऊ भने अनि म मुक्तक लेख्छु
प्रेम गर्छेउ भने मात्र यो जिन्दगी झेल्छु
नास्तिकताको रूड़ीबादमा हुर्केको छोरो हुँ
साँच्चो माया दिन्छे भने मात्र मन्दिर टेक्छु ।
-----एम कुमार रिजाल, बटियामारी
तन होइन तिमीले मन भित्र राम्रो बनाउ
धन हैन आफ्नो असल चित्र राम्रो बनाउ
त्यही नै हो सक्षम र सत्यको कर्म साथी
चित्रले काम चल्दैन चरित्र राम्रो बनाउ ।
-----प्रकाश बुढाथोकी, देउचुङ्गा उदालगुडी
बिरामीको बजार कति साह्रो चलेको
औषधिको व्यापार कति साह्रो चलेको
ज्यान साट्न त कसैले सक्तैनन् र पनि
डाक्टरको कारोबार कति साह्रो चलेको ।
-----रामप्रसाद दाहाल,गमिरी
यसपालि थाहा भयो बज्रप्रहार भनेको के हो
केहीदिन पछि थाहा लाग्छ संहार भनेको के हो
खेलको यो शुरुआत मात्र हो अन्त्य बाकी छ
जानिनौ प्रकृतिसँग संयम व्यवहार भनेको के हो।
-----मिलन बोहोरा,विश्वनाथ
न वेद,बाइबल अनि न कुरानले सम्झाउछ
जिन्दगीको सत्यता त चिहानले सम्झाउछ
जुन कुरा शालिनता अनि गहनताले दिन्छ
त्यस्तो न शानले न अभिमानले सम्झाउछ
-----अनुप पौडेल,खोक्सागुरी गोसाइगाउँ,कोक्राझार
हाथ समाएर मलाई पार लगाउने कोही त होला
प्रत्येक गल्ती समाएर देखाउने कोही त होला
तिमी नहुँदा बाटो हिन्न धेरै सारो पर्छ मलाई प्रिए
सारै प्याउली छु त्यस्तै अपनाउने कोही त होला ।
-----नैना घिमिरे, गहपुर
क्षणिक आनन्दमा फुर्किएर होश हराउनेहरू देखेँ
आफैले गरेको भूललाई सही भन्दै कराउनेहरू देखेँ
पटक पटक चाल परिवर्तन गरिरहने कहाँ पो छैनन्
छिमेकीको दुःखमा हाँस्ने र उत्थानमा डराउनेहरू देखेँ ।
-----डा° चिन्तामणि शर्मा ,विश्वनाथ
Post a Comment