(लोक कथा)
माछाको श्राप !
- सुदर्शन अम्बटे
उहिले सत्ते युकको कुरा । एकहूल जलाहारी माछा मार्न दोभान दहमा पुगे । दहमा माछाको भूर्राहरू मस्तसंग पौरी खेल्दै रमाईलो गर्दै थिए । यही मौका छोपी जलाहारीहरूले जाल हाने । अनि अबोध भूर्रा हरू लाई आफ्नो जालमा पारे । यसरी आफ्नो जाल अर्थात नेटमा माछाको बच्चाहरू परेको देखेर जलाहारी हरू खूबै गद्गद् भए ।
तर यो घटनाले ती भूर्रा माछाका आमा बाबु हरू भने अत्यन्तै दुखि भए । क्रोधित भए । तर ती वेवश माछाका आमाबाबु हरूले जलाहारीसंग पाखुरी लड़ाउने वा युद्ध गर्ने त सामर्थै थिएन ।
यसो हुँदा उनीहरू रूँदै कराउँदै ईश्वरलाई साक्षी राखी जलाहारी हरूलाई श्राप दिए - "जसरी आज हाम्रो नानीहरू लाई तिमीहरूले आफ्नो जालमा फसायौ , भविष्य मा तिमारको नानीहरू पनि तेसोरी नै अरूको जाल अर्थात नेट मा फसियोस् !"
ती माछाहरूको श्रापले गर्दा नै आज हाम्रा सबै नानीहरू फोनको नेटमा फसिएर घोप्टो परिरहेछ, बाह्रै काल...! चौबीसै घण्टा....!!
हाम्रो यो अवस्था देखेर आज ती माछाहरू साह्रै गद्गद् छन् ; जसरी कुनै समय माछाका भूर्रासरू नेटमा फसिन्दा जलाहारीहरूका परिवार रमाएका थिए गद्गद् ...!!
Post a Comment