आमा
कुइराले डम्म ढाकिएको पुसको एउटा हुस्से बिहान गगन घरबाट गुवाहाटी जान भनेर निस्किन्छन्। नयाँ बनिएको सडकको नियम बुझ्न् उनलाई अलिकति गाह्रो हुन्छ र नबुझेर उनलेे गलत दिशातिर गाडी हाक्छन् । बिहानको बेला उनलाई नयाँ सडकको नीतिनियमबारे केही थाहा भएन। विपरीत दिशाबाट एउटा ट्रकसँग आइरहेको हुन्छ र उनी त्यही ट्रकसँग ठोक्किन पुग्छन् र मृत्युलाई अङ्गाल्छ्न्
सडक दुर्घटनामा गगनको मृत्यु हुन्छ। होनहार युवालाई गुमाउनु परेकोमा समग्र गाउँनै शोकाकुल भएको हुन्छ। रुने रोइरहेका हुन्छन् , कराउने कराइरहेका हुन्छन्। त्यत्तिकैमा मृतदेहका छेउँमा बसेर एकोहोरो बाटोतिर हेरिरहेके,साठी बर्ष जति उमेर खाएकी आइमाईले एउटी महिलालाई भनेको सुनिन्छ____ " मैले पति त गुमाएकी थिएँ, आज छोरो पनि गुमाएँ। मलाई जत्तिको पीर अरू कसलाई परेको छ होला र? तर म आज एउटै कारणले भगवानलाई धन्य मान्छु कि मेरो छोरो मर्यो, अगर छोराको ठाउँमा तँँलाई केही हुन्थ्यो भने यो दुईमहिने नातिनीको के हुन्थ्यो बुहारी? मैले छोरो हराएँ। कस्तो वज्र परेको छ छातीमा त्यो त मलाई सोध। तर यो दुधमुखी नातिनीले आमा गुमाउनु परेन त्यसको लागि खुसीछु म। किनकी आमा बिनाको संसार अत्यन्तै पीडादायी हुन्छ । त्यसैले म भगवानलाई धन्यवाद दिन चाहन्छु ।"
बुहारी ट्वाल्ल परेर एकोहोरो सासूलाई हेरिरहन्छे-----अनायास उसका मुखबाट एउटा शब्द निस्किन्छ ----- "आमा"----
✍ निलीमा आचार्य
विश्वनाथ असम
Post a Comment