गजल
- मीना देवी फयेल, गहपुर
१.
नयाँ साल आउँछ जान्छ केही हतार नगर्नुहोस् ,
सित्तैमा भेटेको धनले धेरै हाट बजार नगर्नुहोस् ।
हराएपछि मात्रै थाहा हुन्छ त्यसको मुल्य
चिताएर मात्रै पनि कल्पनाको संसार नगर्नुहोस् ।
उसले कुनैकुरामा हजुरलाई लत्याएको हुनसक्छ
घरमा आएको उसलाई त्यही ब्यवहार नगर्नुहोस् ।
यो दुनियाँमा सबै बैमानी नहुन पनि सक्छन्
विस्वासै नरहेपछि शंका बारम्बार नगर्नुहोस् ।
यदि तपाईंको दुखमा कसैले साथ दिएको छ भने
उसको कुनै प्रस्तावलाई पनि इन्कार नगर्नुहोस् ।
२.
पृथ्वीलाई जितेर पनि तिम्रोआफैंसंग तब हार हुन्छ ,
जब एउटै थालीमा खाने आफ्नो कोही गद्दार हुन्छ ।
मुखमा मीठो र हृदयमा तितो हुँदैन कहिल्यै उसको
बोली र व्यवहारमा जसको आमाको संस्कार हुन्छ ।
बुढा बुवाका मैलो लुगामा चिनाउन गाह्रो भएको तिमीलाई
उमेरले तिमीलाई लिएर एकदिन त्यही नाउमा सवार हुन्छ ।
दुख नमान कुनै एक आफन्त बैगुनी भए होस
दुखको घडीमा सहारा दिनेपनि त परिवार हुन्छ।
आँखा जतिसुकै पखालेपनि दृश्य त त्यही रहने गर्छ
बाँच्न पर्छ जब सम्झनापनि सुन्दर बहार हुन्छ ।
उम्दा
ReplyDeletePost a Comment