गजल
- चन्द्र कुमार भट्टराई, गमिरी
सम्झनाले बिते हजारौं पलहरु यहाँ,
तिमीले गरेका पुराना छलहरु यहाँ।
हिजो फट्टै बाटामा जम्काभेट भयो
तर मच्चाएर गयौँ कचिङ्गलहरु यहाँ।
पश्चतापको अग्निमा होमिएर अहिले,
जलेछन तिम्रा मनका महलहरु यहाँ।
त्यतिबेला जोशमा थियौं थाहै पाएनौँ,
अहिले त खिन्न भएँछन बलहरु यहाँ।
सम्पत्ति भनेर हिजो अहङ्कार गरेको,
सुकेछन आज धनका ती ढलहरु यहाँ।
प्रायश्चित यहीं हुन्छ मुखले नभने पनि,
बग्दा थाहाँ हुन्छ आँशुका भलहरु यहाँ।
(दुई)
धेरै राति भयो आमा घर आउ त कति बाधाहरू छन,
मनमा डर पसेको छ किनकि बाटामा डाँकाहरु छ्न।
जीवनको ताडनामा संघर्षको बाटो हिँड्नै पर्दो रहेछ,
जानेको छ सबैले पाईला पाईलामा त काँडाहरु छ्न।
सधैं सुनछु यहाँ कति खबर अपराध र बलात्कारको,
त्यहीँ त जुलुस देखिन्छ हेर पींडा अनि नाराहरु छ्न।
भन्न त भन्छौँ हामी एक्काइसौं शताब्दीका मान्छे हौँ,
तर पनि कतिका मनमा पुरानै अँध्यारा पाटाहरू छ्न।
खोई सुध्रिन्छ कित आजको समाज आशा गर्नै पर्यो,
थाहाँ पाउँदा पाउँदै सामाजमा कति ब्वाँसाहरु छ्न।
Post a Comment