गीत
माया अब लाउदिन भन्दा नि तर
मन त कहाँ मान्दो नै रै'छ र
नौनि जस्तो पग्लिन्न भन्दा नि तर
मन त कहाँ ढुङ्गो झै रै'छ र।
जीउ त टाढा भए पनि
मनै नजिक भइदिए पछि,
आँखा छोपि बसे पनि
छायाँ अधि नाचि दिएपछि
कस्को के नै लाग्दो रै'छ र
सम्झनामा आइदिए पछि,
यो तन जति बाँधेनि तर
मनत कहाँ बाँधिदो रै'छ र
माया अब लाउदिन भन्दा नि तर.....
साथी - सङ्गी भए पनि
मनले अरू कोही रोजे पछि,
वास्ना मिठो नचले पनि
मोहित पार्ने फूलै फूल फूले पछि,
एकलै बस्ने कस्ले पो भन्छ र
माया - मोहले ताने पछि
अँध्यारोमा लुकेनि तर
मन त कहाँ लुकदो रै'छ र
माया अब लाउदिन भन्दा नि तर
मनत कहाँ मान्दो नै रै'छ र
नौनि जस्तो पग्लिन्न भन्दा नि तर
मनत कहाँ ढुङ्गो झै रै'छ र ।
शिसिल तामलिङ
सिक्किम
सिक्किम
Post a Comment