रम्बास कविता
- मिलन बोहोरा
यथार्थ
म
व्यस्त
ऊ व्यस्त
सबै व्यस्त
सबै अभ्यस्त
सम्बन्धको अस्त
जीवन अस्तव्यस्त
आनन्द उल्लास ध्वस्त
भाँजो हाल्नुमा सिद्धहस्त
नैतिकता आदर्श परास्त
स्वार्थीपनमा सबै मस्त
असुरक्षाले छन् त्रस्त
मानवता सिकिस्त
नौटङ्की प्रशस्त
पृथ्वी समस्त
भयो भ्रष्ट
य था र्थ
यस्तै
छ।
काव्यरस
यो
य ज्ञ
शब्दको
साधनाको
ज्ञान चर्चाको
चलिरहोस् सुधी
थपौँ भाषाको चरु
बलुन् भावना समिधा
फैलियोस् सुवासित काव्य
सुगन्धित बनोस् भाषा पुष्प
आओ भविष्यका सन्तान
राखौँ अग्नि प्रज्वलित
प्रकट हुन्छ सुधा
सिँच्नेछ साहित्य
बाँच्ने छ मान
काव्य - रस
प्राण हो
घ्राण
हो।
यो पहललाई शुभकामना छ। धन्यवाद साथै
ReplyDeleteस्वागत छ हजुरलाई
ReplyDeletePost a Comment