गजल - प्रदीप शर्मा


गजल

- प्रदीप शर्मा
गेलापोखरी विश्वनाथ असम

शिखर चुम्ने होडमा हामफाल्दै अघि बढेको देखें
दुनो सोझ्याउन शत्रुलाई अँगाल्दै अघि बढेको देखेँ  ।।

हेर्नुहोस स्वार्थीहरूको हृदय कठोर हुँदैछ महोदय
जबरजस्ती अर्काको भाग उचाल्दै अघि बढेको देखेँ ।।

रसिलो बोलीले जीवनको माखेसाङ्लोमा अल्झाएर
मित्रको घरमा दनदनी आगो बाल्दै अघि बढेको देखेँ ।।

वर्तमान सजाउन भविष्यलाई घोर अन्धकारमा धकेलेर
अहिंसा र सत्यताको वटवृक्ष ढाल्दै अघि बढेको देखेँ  ।।

हो हजुर भन्दै आफ्नो क्षणिक मान मर्यादा बढाउनलाई
असलियत लुकाउन मुखौटो सम्हाल्दै अघि बढेको देखेँ ।।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post