कवि - चन्दन छेत्री
साँझको रक्तिम घामको आभा
कलकल बगिरहेको ब्रह्मपुत्रको तीरमा
म एक्लो यात्री
एक्लै बसिरहेको छु,
टोलाएर
लोलाएर
चन्द्रमा पनि त एक्लै छ,
एक्लोपन बोकेर,
टाढा ताराहरू...
यो मौन आकाश यो मौन जीवन,
एक्लोपनले पनि सिकायो,
यही बाँच्नु छ अडिग बनेर।
चुपचाप छु म यहाँ,
आफूमै हराएको छु,
अस्तित्वको खोजीमा,
कविता कोर्दैछु ती बितेका दिनहरू सम्झेर
शब्दहरू तरङ्गित छन् मनमा
तर म मौन छु
साथी, सङ्गी, इष्टमित्र,
सबैलाई खुसी पारियो
तर जब आफ्नो समय आयो,
एक्लोपनले नै सान्त्वना दियो
ब्रह्मपुत्रका छालहरू झैँ,
जीवन पनि बगिरहन्छ,
बगिरहन्छ...
बगिरहन्छ...
तर यो एक्लोपनले
आफैँलाई भेट्न सिकायो,
फेरि आफैँसँग।
चन्दन छेत्रीले यस लोकबाट जाने एक दिन अघि हामीलाई पठाएको कविता)
Post a Comment