खाद्यमा विषादि : एक विकराल समस्या
- डा. शरण कुमार रिजाल
स्वास्थ्यलाई सर्वोच्च प्राथमिकता दिनु समयको माग हो भने सफा, शुद्ध, चोखो र ताजा खाद्यको सेवन गर्नु स्वस्थ्य तन र मनको पूर्वाधार हो । हाम्रो दैनिक दिनचर्या प्रात: चियाको चुस्कीसंग आरम्भ भएर अल्पाहार (खाजा), मूल आहार हुँदै रात्रीभोजनमा समाप्त हुन्छ र यो अवधि भात, रोटी, शब्जी, दाल, फल, दूध, दही, घ्यु, माछा, मासु, अण्डा, मसाला आदि नाना थरीका खाद्य उपभोग गरिन्छ । यसै बीच, गानोगोला (ग्यास्ट्रिक), आँखारोग, त्वचा रोग, दमा, मिर्गौला रोग, बाथ, कलेजाको रोग, रक्तल्पता आदिले ग्रस्त मानिसहरूको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । यि रोगको कारण धेरै छन भने वायु-जल प्रदुषण, हाम्रो जीवन शैली तथा विषाक्त खाद्य पदार्थ प्रमुख मानिएको छ । विभिन्न अध्ययन-अन्वेषणले हाम्रो खाद्यहरूमा जोखिमपूर्ण विषादिको अत्यधिक मात्रा भएको पुष्टी गरेको छ । बिहानको चिया देखि रात्रीभोज, सबै विषयुक्त भएपछि स्वास्थ्य कसरी ठीक रहन्छ ?
कृषिबाट आरम्भ हुन्छ खाद्य विषैलो बन्ने प्रक्रिया
अधिक उपजाउ हुने संकर (हाइब्रीड) बीउको जात, रासायनिक मलको प्रयोग, सिंचाइ व्यवस्था र उच्च प्रविधि-आधुनिक कृषिको मूल आधार हुन । संकर जातको फसलमा अधिक उत्पादन हुनका साथै अधिक रासायनिक मल र सिंचाइको आवश्यकता पर्दछ भने बोट फितलो, नरम र कीरा-रोगादिले सहजै आक्रमण गर्ने किसिमको हुन्छ । फलस्वरूप, कीटनाशक, हुस्सेनाशक र झारनाशक विषादिको व्यापक प्रयोग गर्ने बाध्यता पर्छ । फसलमा प्रयोग गरेको मल र विषादिहरू फसलमा मात्र सिमित हुँदैन । प्रयोग गरिएको विषादिको 1% भन्दा पनि कम्ति मात्रा कीराको दमन गर्न प्रयोग हुन्छ भने रहल 99% मात्रा फसल, माटो, जलस्रोत, वायु सहित प्रयोग गर्ने व्यक्तिको शरीरमा पनि समाहित हुन्छ । प्रत्येक विषादिको खोलमा मूल तत्वको प्रतिशत, कीरा, रोग दमनमा प्रभावकारिता, प्रयोग गर्ने विधि सहित मानिसको लागि कति जोखिमपूर्ण छ भन्ने सुचना स्पष्ट दिएको हुन्छ । कुनै पनि विषादिको बोतल वा प्याकेटमा मानिसलाई हुने जोखिमको आधारमा चार रंगको चिन्ह- अति विषैलो-रातो, अलिक कम विषैलो- पहेंलो, अझ कम विषैलो-निलो र सबै भन्दा कम जोखिमपूर्ण-हरियो अंकित हुन्छ । उदेकको कुरो त के छ भने अधिकांश कृषकहरू यि महत्वपूर्ण जानकारीदेखि अनभिज्ञ छन् र सिफारिस गरिएको भन्दा दोब्बर-तेब्बर मात्रामा विषादि प्रयोग गर्दछन । आफ्नो उत्पादन बढाउन र कहिलेकाँही छिमेकीको फसलको देखाशेखी गर्ने होडमा पनि अत्यधिक मल- कीटनाशक प्रयोग गरेर सम्पूर्ण वातावरण नै विषाक्त पार्छन । उदाहरणस्वरूप इमिडाक्लोप्रिड नामक खुबै प्रचलित कीटनाशकको अनुमोदित मात्रा 10 लिटर पानिमा 3 मि.लि. हो भने प्रायजसो किसानहरू 1 लिटर पानिमै 3 मि.लि. प्रयोग गर्दछन । अर्को प्रचलित झारनाशक ग्लाइफोसेट (राउन्ड-अप) को सिफारिश गरिएको मात्रा 3-4 मि.लि. प्रति लिटर पानीको सट्टा कृषकहरूले 8-10 मि.लि. अर्थात दोब्बर भन्दा बढी प्रयोग गरेकाछन । निरन्तर अत्यधिक मात्रामा प्रयोग गरेको कीटनाशकको प्रभाव रोक्न कीराले पनि आफ्नो प्रजन्मको प्रतिरोधात्मक क्षमता बढाएर त्यो कीटनाशकलाई बेअसर गर्दछ भने 520 वटा कीरा, 273 वटा झार र 150 वटा रोग विषादिबाट प्रभावहीन भएका छन ! कीरा-रोगको दमन गर्न प्रयोग गरिएको विषादि जलाशय, माटोमा प्रवाहित भएर माछा, भ्यागुत्तालाई असर गर्नका साथै वायु दुषित पार्छ भने पशु-पक्षी पनि दुषित पानी पिएर विषैला बन्दछन र दूध, मासु, आदिमा विष पुग्दछ । विषादि प्रयोग गरेको निश्चित समयपछि मात्र शब्जी, फल टिप्नु पर्ने नियम विरूद्ध कृषकहरू तत्कालै टिपेर वा काटेर बजार पुर्याउँछन जसले गर्दा विष निष्कृय हुनुभन्दा अघि ग्राहकसम्म पुग्छ । केही मात्रा मानिसको नाक, मुख तथा छालाको माध्यमद्वारा भित्री अंगसम्म पुग्ने यी विषादिको दुष्प्रभावले स्मरणहिनता, क्यान्सर, प्रजनन क्षमतामा ह्रास, कम्पन रोग आदिबाट वर्षेनी 10 लाख जति मानिस ग्रसित भएर दुई लाखको त मृत्यु भएको तथ्य छ । कीटनाशकको दुष्प्रभावले माकुरो, खजुरो, मौरी, गंड्यौला, कमलकोठी, बारूलो, भुवाँरो, किथ्रो आदि लाभदायक मित्रु जीव नष्ट हुन्छन् र विष सिधै हाम्रो खाद्यमा आइपुग्छ ।
कति विषाक्त छ खाद्य ?
प्रत्येक विषादि फसल, पशु, पक्षीमा प्रयोग गरेपछि केहि मात्रा अन्न, फल, शब्जी, दुध, घ्यु, मासु आदिमा अवशेष बनेर बस्छ भने त्यो विषादिले मानिसको स्वास्थ्यमा असर नगर्ने अधिकतम अवशेषको मात्रा (मेक्सिमम रेसिडुएल लिमिट ) तोकिएको हुन्छ । भारतमा प्राय 51% खाद्य सामग्रीमा विषादिको अवशेष पाइएको छ र यसमध्ये 20% मा त अधिकतम सीमा देखि माथि रहेको रिपोर्ट छ । सन 2018 मा गरिएको एक सर्वेक्षण अनुसार कृषकको खेत, बजार/मण्डीबाट संकलित गरिएको 6670 वटा शब्जीको नमुनामा 20% मा विषादिको अवशेष भेटियो भने यसमध्ये 14% मा अवैध कीटनाशक र 2.1% मा त अवशेषको अधिकतम सीमादेखि माथि थियो । गोलभेंडा (टमाटर), भिन्डी, बन्दाकोपी, फुलकोपी, बैगुन, काँक्रामा सर्वाधिक मात्रामा कीटनाशकको अवशेष थियो । फलहरूको नमुनामा 21% विषादियुक्त र सो मध्ये 1.2% मा निर्धारित सीमा माथि थियो । अमला, सुन्तला, अंगुर, दारिम, केरा, नशपाती, अम्बक, आँप र सपोटामा सर्वाधिक कीटनाशकको अवशेष पाइएको हो । सधैं उपभोग गर्ने फल, शब्जी, दूध, माछा, मासु आदिमा एन्डोसल्फान, डी डी टी, फोरेट, एन्ड्रीन, मनोक्रोटोफस, क्लोरोपाइरीफस जस्ता अति विषैला र प्रतिबन्धित कीटनाशकको अधिकतम अवशेष हुनु खतराको घण्टी हो । असम, दार्जीलिंग र डुवर्सको चिया बगानमा 35 वटा विषादि (23 कीटनाशक, 6 हुस्सेनाशक र 6 झारनाशक) को निर्धारित मात्रा प्रयोग गर्ने अनुमति भएता पनि यो भन्दा निकै बढी विषादिको मिश्रण र निर्धारित मात्रा भन्दा तीन-चार गुणा अधिक प्रयोग भएको आशंका छ । एक अनुसन्धानको परिणाम अनुसार डुवर्सको चिया पत्तीको 100% नमुना र दार्जीलिंग पहाडको 20-45% नमुनामा विषादिको अवशेष भेटिएको थियो भने 20% पत्तीमा त अधिकतम निर्धारित सीमा भन्दा बढी कीटनाशक हुनु चिया-प्रेमीहरूको लागि आत्तेस लाग्ने सुचना हो ।
जैविक खाद्यमा पनि कीटनाशक !
रासायनिक विषादिको दुष्परिणामको कारण जैविक शब्जी, फल, मसाला आदि लोकप्रिय छ र उच्च मुल्य तिरेर पनि खरीद गर्न हिचकिचाउँदैनन् ग्राहक । विभिन्न जैविक फार्म र मण्डीबाट संकलन गरिएको कथित शुद्ध जैविक शब्जी र फलमा पनि 22% नमुना विषादियुक्त हुनु र त्यसमध्ये 1.6% नमुनामा त अधिकतम सीमा भन्दा अधिक मात्रामा विषादि हुनु जैविक खाद्य-प्रेमीलाइ ठुलो आघात पर्ने समाचार हो । 100% प्राकृतिकको लेबल लगाएर बेचिने प्रसिद्ध कम्पनीहरूको चियाको 91% नमुनामा विषादिको अवशेष पाइएपछि चिया उपभोक्ताहरू पनि निराश हुनु स्वभाविक हो ।
भण्डारण र विपणनमा पनि विषको प्रयोग
कीटनाशकको प्रयोग खेत-खलोमा मात्रै सिमित छैन । खेतबाट काटेर/टिपेर ल्याएको शब्जी, फल, अन्न आदिलाई भण्डारणमा आक्रमण गर्ने रोग, कीराको दमन गर्न विभिन्न विषादिको प्रयोग गरिन्छ भने बजारमा ग्राहकलाई लोभ्याउन किसिम किसिमका रसायन प्रयोग गरेर पहिल्यैबाट विषाक्त खाद्यलाई अति विषैलो बनाइन्छ । कलिलो र नपाकेको फल छिट्टो पकाउन प्रतिबन्धित क्याल्सियम कार्बाइडको प्रयोग गरिन्छ र अचेल बजारबाट किनेको आँप, केरा, मेवा, अंगुर, तरबुज, सफेदा आदि सेवन गरेपछि मुखमा घाउ, गानोगोला, टाउको दुख्ने, पखाला चल्ने समस्याको मूल कारण यसलाई मानिन्छ । क्याल्सियम कार्बाइडको प्रयोगले छालामा फोका, दाग हुने र क्यान्सर जस्ता घातक रोग लागेको प्रमाण छन् भने सस्तो भएको कारण यसको अवैध व्यापार र प्रयोग व्यापक छ । यसको विकल्पको रूपमा सुरक्षित रसायन इथेपन प्रयोग गर्ने अनुमोदन भएतापनि महँगो हुनको कारण असाधु व्यापारीले कार्बाइड नै प्रयोग गर्छन् । हाट-बजारमा खरीद गरिएको चिल्लो, ताजा करेला, मटर, परवल, भिन्डी आदि शब्जीमा आकर्षक हरियो रंग थप्न प्रतिबन्धित रसायन, निलो तुथो (कप्पर सल्फेट ) मिसाएको हुन सक्ने 30% सम्भावना छ भने कीरा-रोगले क्षति गरेको दाग आदि नभएको चिल्लो र आकर्षक बैगुन, फुलकोपी, बन्दाकोपी, टमाटर, बोडी आदिमा कीटनाशकको अवशेष हुने 40% सम्भावना रहन्छ । स्याउ, अम्बक आदि फलमा मोमको लेपले चिल्लो र आकर्षक पार्ने र तरबुजमा गुलियो बढाउन प्रतिबन्धित “सक्कारिन” प्रयोग गरिन्छ । सुक्खा, तयार भएको खाद्यहरूमा पनि विषैलो रसायनहरू- एन्टिबायोटिक, कपडा रंग्याउने रसायन, कीटनाशक, कीटाणू इत्यादि मिसाइएको हुन्छ । चिया पत्तीमा हुस्से, खाठको धुलो; दुधमा पानी, युरिया, बोसो, साबुन; महमा चिनी, एन्टिबायोटिक; घिउमा भटमासको तेल, पाम तेल; बेसारमा पेन्टमा प्रयोग गरिने मेटनिल यल्लो, प्राइमर (रेड अक्साइड); माछामा फर्मालिन आदि प्रतिबन्धित र रोग-कारक रसायनहरूको मिलावट भेटिएको छ । भारतबाट विदेशमा निर्यात भएको आँप, खुर्सानी, अंगुर, जाइफल, धनियाँ, बेसार आदि खाद्यमा प्रतिबन्धित रसायन, हानीकारक कीटाणु र मुसाको मलसम्म भेटेपछि सम्पूण समान फिर्ता आएको घटनाले हाम्रो खाद्य, कति जोखिमपूर्ण छ भन्ने अनुमान लगाउन सकिन्छ ।
फितलो नियन्त्रण प्रणाली
देशमा केंद्रिय कीटनाशक बोर्ड (सेंट्रल इन्सेक्टिसाइड बोर्ड –सि आइ बि) ले पंजीकरण/ अनुमोदन गरेपछि मात्र कुनै पनि विषादिको उत्पादन र प्रयोग गर्न सकिन्छ भने प्रत्येक विषादिको मात्रा, प्रयोग हुने फसल, कीरा/रोग/झार पनि निर्धारित हुन्छ । कृषि विभाग, विश्वविद्यालय, अनुसंधान संस्थानले कृषकलाई विषादिको सठिक उपयोग र अन्य विवरण दिन्छन । प्रशोधन (प्रोसेसिंग) गरेको खाद्यको गुण, भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण ( एफ एस एस ए आइ ) ले प्रमाणिकरण गर्दछ भने स्थानिय प्रशासन/सरकारले खाद्यको निरिक्षण आदि सुनिश्चित गर्दछ । सि आइ बि ले अनुमोदन नगरेको र प्रतिबन्ध लगाएको विषादि कैयौं कम्पनीले बेच्दैछन भने निर्धारित फसल/रोगका लागि बनिएको कीटनाशक अर्कै फसल या कीरामा, त्यै पनि अधिक मात्रामा प्रयोग हुनु, फितलो नियन्त्रण पद्धतिको एउटा झलक हो । किसानहरू पनि विशेषज्ञको सल्लाह होइन, विषादि विक्रेताको सिफारिशमा कीटनाशक प्रयोग गर्दैछन भने हाट-बजारको शब्जी कसरी सुरक्षित छ भन्नु ? सुपर मार्केटमा किनेको प्याकेटको तेल, मसाला, मह, आंटा आदिमा निर्धारित मात्रा भन्दा अधिक कीटनाशक हुनु एफ एस एस ए आइ को अकर्मन्यता मान्नु पर्छ । नियन्त्रण प्रणालीको फितलोपनको फाइदा लिएर असाधु व्यापारीहरू विषाक्त खाद्यको ठुलो विपणन वा बजार चलाइराखेकाछन् भने साधारण ग्राहक विषयुक्त खाद्य खाएर बिरामी हुन वाध्य छन !
खाद्यमा विषादि न्युनिकरण गर्ने केहि उपाय
पातलो बोक्रायुक्त, साग आदि ताजा शब्जी, फललाई पानीमा मज्जाले पखाल्ने; बाक्लो बोक्रा भएको फल, सब्जीलाई सिर्का (विनेगर) वा निम्बुको रस मिसाएको पानीले पखाल्ने अनि बन्दाकोपीलाई सिर्का र नुन मिसाएको पानीमा आधा घन्टा डुबाउनाले 20-30% विषादि हट्न सक्छ भने मन-तातो पानीमा सिर्का र नुन मिसाएर 1 घन्टा राख्दा स्याउ, अम्बकमा चढाएको पालिश हट्छ ।

Post a Comment