मुक्तक - कुशल कोइराला


मुक्तक

- कुशल कोइराला, गोरुडुबा


बेरङ्गी यो जीवनमा रङ्ग छर्न आयौ अनि गयौ
उदासी यो मनमा खुसी भर्न आयौ अनि गयौ
थामेर हात सँगै पाइला सार्छु भन्नेले पनि आज
खाएर कसम नजिक पर्न आयौ अनि गयौ।

व्यक्त गर्न नसके पनि मनको कुरा बुझ्छौ सोचे थिए।
जिन्दगीको उकाली ओरालीमा सँगै हुन्छौ सोचे थिए।
कहाँ थाहा थियो र आदि बाटोमै साथ छोडी जान्छौ
मैले त तिमी सँगै आफ्नो सारा संसार देखेको थिएँ।


जुनीभरि साथ दिन्छु भन्दै थामेको हात छोडी गयो ।
माया र स्नेहले बाँधी राखेको प्रेमको नाता तोडी गयो।
छोडेर सम्झनार आँसु खुसी र हाँसो आफू सँगै लागेउ।
खुसी खुसी बचिरहेको मलाई आज कता मोडी गयो ।


उठ साथी अब हामीले दुनिया जित्नु छ।
केही गर्दैन भन्नेहरूको बोली थिच्नु छ।
पार्दै आफ्नो सामर्थ्यले चकित सबैलाई
आफन्तको मनमा इर्साको आगो फूक्नु छ।


0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post