"सपना"
- प्रेम नेउपाने प्रहर
रुम्तेक सिक्किम
बाह्रौं कक्षा को विद्यार्थी म।धेरै सपना बुनेर सुनौलो भविष्य को निर्माणमा लागी परेको म।आज पनि उही सरकारी कर्मचारी बोक्ने बस् मा चढ़ेर फेरी पनि जिरो फाटकमा ओर्लनु पर्ने बाध्यता।सिमसिम पानी परिरहेता पनि आफ्नो छाता नहुनाले यता उता ओत खोज्न थाले यी आखाले।
अलिक अघाड़ी मेरै स्कुले पोशाकमा एक केटी साथी देखे अनि उनको हातमा छाता।छिटो छिटै पाईला चल्न थाले उनलाई भेट्न खातिर।तर परैबाट थाह भो उनी त अपरिचित पो रहिछन्।मनमनै सोचे यो बर्खामा पानीले भिजेर सर्दी लाग्ला व्यर्थ मा आमा बाबुलाई दुःख किन दिनु। परिचय नै गर्नुपर्ला भन्दै गति बढ़ाएँ ।
"सुन त!अलिकती ओत लागौं न म पनि"।उनले केही भनिन् या भनिनन् तर उनी बोल्नु भन्दा अगि नै उनको छाताको आधा भाग आफ्नो वसमा पारिसकेको थिंए।
अलिक तल हावाघरमा पुगियो । पानी झन् जोड़ले पर्न लाग्यो।मैले भनें " यहां एकक्षण बसौं हैन।पानी रहे पछि जाँउला"।उनले के भनिन् बुझिन तर हामी दुवै हावाघर तिर लाग्यौं।
उनले छाता भुईमा राखिन् अनि गोजीबाट रुमाल निकाली अनुहार पुछीन्।'आहा!कति राम्रो मुहार'।कति गोरो अनुहार।कति सुन्दर।पूर्णिमा को जुन जस्ती,भर्खर फूल्न लागेको गुलाब जस्ती।उनको अनुहार चिटिक्क थियो।कहीं कतै दाग थिएन।उनी सुन्दर थिईन्।
फेरी सोधें "अघि कहिले तिमीलाई देखेको थिइनँ हाम्रो स्कूलमा।New joining हौ"?अचानक यहीबेला आकाश करायो गड्याङ गुडुङ गर्दै।उनले मुख हल्लाइन् तर उनले बोलेका शब्द आकाशको आवाजले गर्दा केही सुन्न पाईन।
फेरी मैलै प्रश्न तेर्साएँ"तिम्रो नाम के होला।परिचय लिन सक्छु"?
उनले केही भनिन् तर मुसलदार पानीको साथा ठुलै हावा पनि चल्दा उनले बोलेका प्रत्येक शब्द हावाले उड़ाएर अनन्तमा पुर्याइदियो।उनको नाम सुन्नै पाइनँ।मनमा एक प्रकारको नरमाईलो लागेर आयो।प्रकृतिको त्यो रुपलाई कर्केर हेर्न थालें।
यो पानी पनि के साह्रो परेको । अचानक एउटा ठुलो आवाज ले झसंग भएँ।आखा खोल्दा थाह पाएँ ।आज त आईतवार।फेरी त्यो स्कुल, त्यो पानी झरी , त्यो केटी ।सपना पो देखेको रहेछु।कति मिठो सपना।सपनाका प्रत्येक ती घटना फेरी क्रमैले सम्झन लागें।आह!त्यो केटी को थिइन् होलिन् उनको नाम के थियो होला।सम्झें शायद त्यो सुन्दर सपनाको त्यो सुन्दर केटीको नाम पनि शायद "सपना" नै थियो होला।
हार्दिक आभार प्रकाशन समूहका टोलीहरू प्रति।
ReplyDeletePost a Comment