चिन्तन


चिन्तन 

- अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ,भारत।


      लियोनार्डो दा भेन्सीको विश्व प्रसिद्ध कृति मनोलिजाको तस्वीरमा पाइने मुस्कान झैं  रहस्यमय छ- जीवन।आवरणले  आंशिक रूपमा भित्रीकुराको उजागर गर्ला तर परिपूर्णता भने समेट्न सक्दैन।कहिले-कहिले मनोविज्ञान र मनोचिकित्साका सैद्धान्तिक ज्ञान भन्दा भोगाईका कट्टु अनुभवहरू समस्या  सुल्झाउन सफल भएको पाइन्छ।हामीले देखेका छौं स-सानो  सिक्रीको अंकुशमा विशालकाय जनवरहरू कसरी बाँधिएर बसेका हुन्छन्?मञ्च र नेपथ्यमा अन्तर हुन्छ।फरक छुट्याउन नजानेर भनौं नचाहेर हामी कुइरोको काग झैं बनेका छौं। हामी साँच्चै भूपि शेरचनको क्यारमबोर्डका गोट्टी सरह नै छौं-आज पनि।हामी अरूभन्दा सभ्य,साक्षर,सुशिल अनि आधुनिक बन्न, देखिन्न त चाहन्छौं तर विधिविधानको ख्याल गर्दैनौं।ब्रह्ममूहर्त र यसको उपादेयता भन्दा निन्द्रा मीठो लाग्छ-हामीलाई। बरू  चरा-चुरूङ्गीहरू उषाकालिन समयको पूर्वाभास महसूस गर्न सक्षम छन्। आफ्नै भाषामा भजन भज्दै हामीलाई जगाउन  प्रयास गर्छन् ,निरर्थक।यसै मुहर्तमा भगवानको आगमन हुन्छ, वातावरणमा ७०प्रतिशत भन्दा धेरै शुद्धता हुन्छ।स्वस्थ्य,सुख, शान्ति र समृद्धिको कामना गर्ने हामी यति बुझ्दा- बुझ्दै पनि  अल्छी मान्छौं उठनलाई।"जाग-जाग अब त जागन जाग-----"
पढयौ।तर जागने प्रयासै गरेनौं। ब्रह्ममूहर्त मै निदाएको कारण श्री रामचन्द्र भगवानको वनबास गमन कालमा प्रभुलाई पछ्याउँदै आधा बाटोसम्म पुगेका नगरबासीहरू छोडिएका  कथा सुन्छौ। पाण्डल छोडने साथै बिर्सन्छौं। यो बिर्साइको  पराकाष्ठा पुगेको दिन चाँहि सायद श्वास फेर्न सम्म बिर्सेर सँधै- सँधैलाई निदाउँछौ हामी।।


0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post