एक फेर मलाई दिनु मेरो संस्मरणमा : खण्ड :- रच्नुवाद कविता


एक फेर मलाई दिनु मेरो संस्मरणमा


मूल कवयित्री:- मार्गरेट मिड्
खण्ड :- रच्नुवाद कविता
अनुवादक :- बिपिन तिवारी
bipintiwari655@gmail.com
सिक्किम भारत ।।

बाँच्ने हरूका निमित्त
म ओझेल परि सकेको छु ।।

दुखित व्यथित
थकित हरूका निमित्त
म फर्कने छुइन ।।

रिसाहा हरूका निमित्त
म ठगिएको लुटिएको परेँ ।।

रमाउने हरूका निमित्त
म शान्त तटस्थमा
तप तप चुहिनेछु ।।

अनि
स्वाभिमानी हरूका निमित्त
म निर्निमेष छँदै छु ।।

म वाक्य बसेको छु
तर सुन्न सक्छु ।।

म दृश्य विहीन छु
तर मलाई सुन्नु सकिन्छ ।।

त्यसैले तिमी
 उच्च खडा हुनु किनारामा
अनि
एकोहोरि हेरिरहनु सागरको वाहुलाई ।।

जब तिमी
फूललाई हेर्छौ
तिमी फूलको  
सादगीमा
पारदर्शी रमाइरहनु ।।

अनि
एक फेर मलाई दिनु संस्मरणमा ।।

तिम्रो मुटुमा
मेरो संस्मरणलाई खिपि दिनु

हामीले  
प्रेम गरेको,
रोएको हाँसेको,
मिलेको, बाझोजुझेको पल
तिम्रो विचार अनि संस्मरण
सबै सबै खिपेर
मलाई खिल्नु अन्तस्करणमा ।।

तिम्रो विचारको अट्टहासमा
म तिमी सङै
तिम्रो समीप हुनेछु ।।



0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post