पाँच मुक्तक
धरातल एउटै वारी र पारीमा भिन्नता किन?
सबै समान हुन पुरुष नारीमा भिन्नता किन?
नेता बाहिर लगाउँछ नारी अधिकारको नारा
भित्र उस्कै घरमा छोरी बुहारीमा भिन्नता किन?
आएभने यात्रामा बाधा कदम झन चाल्नुपर्छ
मनभित्र गुम्सिएका व्यथा मुस्कानले टाल्नुपर्छ
हिजो यस्तै कसम वाचा खाएर आज भन्दैछौंरे
आशु सबै उस्लाई दिएर हासो मैंले पाल्नुपर्छ।
बोकेर सपनाको भारी गल्ती गरेउ परदेशी
गएर सात समुन्द्र पारी गल्ती गरेउ परदेशी
गाउँमा खेत जोत्थ्यौं आज आफुई जोतिएकाछौं
राखेर बाँझै आफ्नो खेतबारी गल्ती गरेउ परदेशी।
कोही आउँछन् कोही जान्छन् जिन्दगी चलिरहन्छ
जाँदा जाँदै हजुर सबै लान्छन् जिन्दगी चलिरहन्छ
सत्तामा बसेर जति भ्रष्टाचार गरेनि पुग्दैन नेतालाई
गरिब किसान एकछाक खान्छन् जिन्दगी चलिरहन्छ।
गरेर काम नगरि विश्राम मलाई हुर्काएउ आमा
फुटाएर चट्टाने ढुङ्गा तमाम मलाई हुर्काएउ आमा
मेरो भागको सारा खुशीहरु तिमीलाई नै मिलोस
सहेर सावने झरी अनि घाम मलाई हुर्काएउ आमा ।
✍ विकाश कठेत ''समर्पण''
चिराङ बाताबारी
Post a Comment