भुल
शारीरिक यौवनले हस्तपुस्त भएकी उसलाई सबैले बिन्दिया भनेर बोलाउँछन । सबैको बिन्दिया थिई ।एक गरिब परिवारमा जन्मिएकि गाउँका सबै युवाहरुले बिन्दिया भनेपछि नचिनेको कसैले हुदैनथ्यो । उसको सुन्दरताको कारण सबैजनाको नजर बिन्दियामा परेको थियो ।
सबैको आकर्षक , यौवनले भरिपुर्ण थिइनँ । उसलाई सबैजनाले देख्ने बितिकै आकर्षित हुन्थे। सबैजनसँग हाँसेर बोल्ने गर्थी । आर्थिक सङ्कट र गरिबिले गर्दा माध्यमिक सम्म मात्रै उसको पढाई सिमित रहयो । कलेज पढ्ने उसको चाहाना अधुरो थियो । गाउँघरमै घाँस -दाउरा काटेर जिबिकोपार्जन गर्न विवश बनेकी थिई ।
विवाहह गरेर पराई घर जाने सपना पनि उसको अधुरो थियो । घरमा बुबा आमालाई पनि हेर्ने उसको कर्तव्य थियो । सँगैका साथीहरू चिटिक्क परेर हिड्ने गर्थे । सिँगार पटारमा सजिएर हिड्ने गर्थे । तर बिडम्बना उसँग सिँगारका सामानहरु थिएन । सिँगार पटार नगरेपनि अरु युवती भन्दा राम्री देखिन्थी । राम्रो खानु लाउनु रहर त सबैलाई हुन्छ । तर पनि मेलापात गएर आएको पैसाले हात मुख जोर्न पनि साह्रो परेको थियो ।
गाउँ घरका युवतीहरु फिल्म हेर्न जान्थे । उ पनि लुकिछिपी साथीहरूको संगतमा लागेर फिल्म हेर्न जान्थी साथिहरुको संगतले उसलाई उताउली बनाइसकेको थियोे । अरुले लगाएर हिडेको फेशनवाला कपडाहरुले उसलाई मोहित बनाउने गर्थ्यो । आफ्नो शरीर हेर्दै एैना हेरेर लजाउथी । उसलाई पनि बैसालु यौवनले छोएको भान हुन्थ्यो ।
यस्तैमा एकदिन घरबाट पर जङ्गलमा घाँस काटन गएकि थिई । प्राकृतिक दृश्यहरु अनि उसको बैंसालु मन उसको गुनगुन आवाजले जङ्गल संगीतमय भएको थियो । अचानक ! गाउँको जमिन्दार साहेबका छोरा रमेश पनि काठमाडौंमाबाट तेही बाटो भएर फर्किरहेको थियो ।
यो सुनसान जङ्गलमा सुन्दरी बिन्दिया देख्दा कसको मन मोहित नहोला र ! उ चुपचापसँग बिन्दिया भएपटि बढन थाल्यो । एकछिन थकाई मार्न बहानामा उसँग जिस्किनु थाल्यो । बिन्दियाले सोधी - "काठमाडौंमा बसाई कस्तो भयो नि ......? "
रमेश ले भन्यो - " राम्रो भयो नि ! "
बिन्दिया पनि के कम मस्कीमस्की रमेसँग कुरा गर्न थाली ।
" अनि यसरी जङ्गलमा घाँस काटनु आउनु तिमिलाई डर लाग्दैन.....? " जिस्काउदै बोल्छ रमेश । " मलाई खानुको लागि ठूलो आँट पनि हुनुपर्छ नि ! " नशालु ओठ चलाउदै बोली बिन्दिया ।
" ठुला ठुला मान्छेहरु कहिले आउँछ्न् । कहिले थाहा हुँदैन । हामिलाइ हैन ! बिन्दिया म विन्टरको छुटिमा आफ्नो गाँउ आको नि तर तिमीलाई त म सधैं सम्झिरहन्थे नि ! " उसको नजिकै गएर रमेश बोल्यो ।
" हैन मुखले किन चेपारो पारेको होला नि ? " बिन्दिया नशालु बन्दै गई। फेरि बोली - " अनि सम्झिएको भए हुन्थ्यो अनि खोई मलाई मायाको चिनो ? "
बच्चा देखि उनिसँगै जन्मे हुर्केकि तर विवस्थाले रमेशसँग छुटिनु पर्यो । आर्थिक अवस्था कमजोरको कारण बिन्दियाले पढन सकिन । अनि रमेशले भन्छ - " मैले तिमीलाई मायाको चिनी ल्याइदिएको छु । तिमी आँखा बन्द गर न त ! "
आँखा बन्द गरि बिन्दियाले तब रमेशले अंगालोमा बाँधेर गालामा चुम्मा खान्छ। " छया,यो रमेश ! कसैले देखेको भए.....! " रातो पिरो भएर बिन्दिया बोल्छे ।
" माया त साटा साट गर्नु पाइन्छ नि , म तिमीलाई हृदयबाट माया गर्छु " रमेशले भन्छ । तब बिन्दिया बोल्छे नशालु ओठ चलाउदै - " माया पनि यसरी गर्ने त .......! "
" अनि कसरी गर्ने नि ! " अंगालोमा बेर्दै रमेश बोल्छ ।
" कुनि त मलाई के थाहा ? शहर बस्नेलाई पो थाहा हुन्छ । " बिन्दिया बोल्छ ।
अनि दुईजनामा मायाको होडबाजी नै चल्छ । रमेश पनि भर्खरै यति राम्री बिन्दिया पाएकोमा उसले फेरि अंगालोमा बाँधेर छातिमा टसाउँछ।
केही क्षणपछि रमेशले के सोचछ । गोजिबाट एक हजार रुपैया नोट निकालेर बिन्दियालाई हातमा दिन्छ र उ बिन्दियाको हात छोडी आफ्नो बाटो लाग्छ।
दिनहरु बित्दै जान्छ । उसको घाँस दाउरा मेला पात गर्दै दिन बित्छ । उसलाई याद आउँछ । रमेशले माया गरेको याद आँखामा झलझली आउँछ । मनमनै कल्पना गरि सधैं भरी यस्तै हुन पाए भन्दै मस्किन्छे ।
अचानक ! बिन्दियाको बानी व्यवहारमा पनि परिवर्तन हुन्छ । एककान दुईकान हुँदै गाउँका युवाहरुले यो कुरा चाल पाउँछन् । युवाहरुले पनि उसको शिकार गर्नु पुग्छ्न् । उसको आफ्नो रहरहरु पनि पूरा हुदैछ । यस्तै समयको परिवर्तनसँगै उसको आफ्नो व्यवसाय देहव्यापार हुन पुग्छ । गाउँघरतिर सबैजनाले उसलाई हेला गर्छ्न ।
उसलाई थाहै भएन बैसालु मन अनि यौवन सन्तुष्टिको चाहानाले आज उसको देहव्यापार हुन पुगेछ । यादै भएन एउटा सानो भुलले आज उसको जीवन बेहाल भएको छ । कर्कलाको पानी जस्तै जीवन चलिरहेको छ
✍ प्रेम शर्मा " एकान्त प्रेमी "
कालेबुङ
Post a Comment