हाइकु काव्य
- डम्बर दाहाल
पश्चिम कार्वि आङ्लङ
पश्चिम कार्वि आङ्लङ
रात सुतेको
भुइँमा लमतन्न
माथि चन्द्रमा ।
जग धुम्मिए
चिहान आङ तान्छ
मुस्कुराउँछ ।।
मुजुर नाच्छे
त्यो देखेर प्रकृति
मुसुक्क हाँस्छे ।
कालो यथार्थ
पहिरिई सदैव
चिटिक्क जून।
हृदय छाल
अक्कासिई रहेछ
हिमाली चाल ।
पहेँलो पात
परिपक्व रूखको
लाख सङ्घात ।
मायाको खात
प्रेमिल हाइकुमा
जुनेली रात।
प्रभाती सूर्य
फिंजियो चारैतिर
मन माधुर्य।
सोझा मानिस
सुनसान धरणी
मृदु सङ्गीत।
स्वकीय धून
त्यसैले रातभरि
टल्कन्छ जून।
Post a Comment