बाल श्रमिक एक बड्दो समस्या - डा.दैवकी देवी तिम्सिना

 

बाल श्रमिक एक बड्दो समस्या

 --- डा.दैवकी देवी तिम्सिना

 

५ देखि १४ वर्षका बालबालिकाहरूलाई सानैदेखि नियमित काम गर्नेहरूलाई बालमजदुर भनिन्छ। बालश्रम भन्नेबित्तिकै म सानासाना बालबालिकाहरूको सपनालाई सम्झिन्छु। उनीहरू आफ्नै देशमा बाल अधिकारबाट बञ्चित भएका छन् तर त्यो कुरा उनीहरूलाई थाहै हुँदैन। किनकि उनीहरू बच्चा हुन्। थोरै मजदुरीमा पनि खुसी भएर काम गर्न रुचाउने उनीहरूले आफ्नो भविष्य अन्धकारतिर ढकेलिएको थाहा पाउँदैनन्। मेरो देशका बालबालिकाहरूका सानासाना हातले काम गरेको मलाई मन पर्दैन, उनीहरू होटल रेस्टुरेन्ट बार र कलकारखानाहरूमा आफ्नो भाग्य बेचिरहेका हुन्छन्।  मेरो देश रामको देश कृष्णको देश देवता र दानब बिचको झगडा मनपर्दैन,। भ्रष्टाचार र गरीबले गर्दा आज मेरो देशका बालबालिका सर्वाहारा भएका छन्। मेरो देशका गरीब बाबु आमा, बेरोजगार बाबुले गर्दा बालकले स्कुल नगएर रोजगारको खोजीमा दिन बिताउनु परेको ।थोरै मूल्यमा ठूलो बोझ उठाउने मेरो देशका बालक खुसीले कामलाई खेल सम्झिन्छन्।
विकासशील देशहरूमा बालबालिकाहरू आफ्नो जीवन जीउन थोरै पैसामा आफ्नो इच्छाको विरुद्ध पुरा दिन कडा मेहेनत गर्न बाध्य छन्। उनीहरू पनि स्कुल जान चाहन्छन् साथीभाइसँग खेल्न चाहन्छन् र धनी बालबालिकाहरू जस्तै आफ्ना बुबा आमाको माया पाउन चाहन्छन् तर दुर्भाग्यवश उनीहरूले आफ्ना इच्छाहरूमा लगाम लगाउनु पर्छ।
विकासशील देशहरूमा अव्यवस्थित स्कूल शिक्षाका निम्ति कम जागरुकता र गरिबीका कारण बाल मजदूरीको संख्या बढेको हो आफ्ना बाबु हरूद्वारा ५ देखि १४ वर्षका धेरैजसो बालबालिकाहरू आफ्नो कृषि कार्यमा कडा मेहेनत गर्न बाध्य छन्। विश्वमा सबै विकासशील देशमा बाल मजदुरीको सबैभन्दा मुख्य कारण हो गरिबी र बेरोजगारी र स्कूलहरूको कम संख्या।

बाल्यावस्था सबैको जिन्दगीको एउटा सुनौलो अध्याय हो किनकि बाल्यकाल धेरै साथीहरू रुचाउने र छिटो सिक्ने क्षमता भएको समय हो बालकलाई स्कूल जाने अधिकारबाट वञ्चित गराउनु उसको बाल अधिकार खोस्नु हो।
समाजबाट यस्तो नराम्रो कार्यको जरैसँग उखेल्ने कार्य अझसम्म भएकै छैन अति स्याना आयुमा यिनीहरूमाथि के भइरहेको छ त्यसको विचार गर्ने क्षमता उनीहरूमा छैन किनकि उनीहरू स्यानै छन्। उनीहरू कुन सही हो कुन गलत हो तो छुट्याउन असमर्थ छन्। उनीहरूलाई थाहै छैन बालमजदुर गैरकानुनी कार्य हो भनेर अझ उनीहरू आफूले गरेको कार्यका निम्ति थोरै कमाई पाउदाँ भुइमा न भाडामा हुन्छन् र थप मजदुरी गर्ने हौसला पाउँछन् यसरी नै आफ्नो सुनौलो बचपन र भविष्यका सपनाहरू गुमाउँछन्।
बालश्रम अशिक्षित आमा बुबाको गरिबीको कारण अथवा लोभी व्यक्तिहरूद्वारा कम मजदुरीमा गराउने कार्य हो । आफू त्यसमा होमिएको बालकलाई ज्ञान हुँदैन । इनै भयङ्कर कारणहरूले गर्दा नै बालबालिकाहरू यस्तो डरलाग्दो र घिनलाग्दो काममा जुटाइन्छन् र पछि पछि उनीहरू बाध्यतामा पर्दछन्। बाल्यकाल सबैका निम्ति रमाइलो र अति नै हर्ष उल्लासको समय हो संसारमा सबैभन्दा खुशीको समय हो बाल्यकाल न चिन्ता न फिक्रि। यहीँ बाल्यकालको समयमा बालकले प्रकृतिबाट ,आफ्ना आमाबुबाबाट, छर छिमेकबाट, आफ्ना साथीहरूबाट ,जीवन जिउनेको कला सिक्न थाल्छन्। बालमजदुरले बालकको बौद्धिक ,शारीरिक ,सामाजिक र मानसिक चिन्तनको  विकास हुनमा अबरोध पुर्याउँछ।

बालश्रमको प्रारम्भ---
बालश्रम कहिलेदेखि प्रारम्भ भयो त्यो कुरा किटान गर्न मुस्किल पर्छ, जहिलेदेखि परिवारहरू झुण्डमा, पारिवारिक समूहमा जिउन थाले त्यहीँबाट यसको प्रारम्भ भएको हुन सक्छ।  प्रारम्भिक अवस्थामा घरबाट प्रारम्भ भएको हो  बालश्रम ।कोखमा एउटा, एउटाबाट अर्को बच्चा जन्मेपछि ठूलो बालकले सानो बालकको रेखदेख गर्नुपर्ने हुन्छ। गरिबीको कारण बाबुआमा मजदुरी गर्न जाँदा त्यो स्यानो नानीले अर्को सानो नानीलाई रेखदेख गर्नुपर्ने हुन्छ। ग्रामीण र गरिबी क्षेत्रमा यसरी नै प्रारम्भ हुन्छ बालश्रम। साथै कृषि कार्यमा बाबुआमालाई सघाउनका निम्ति पनि यसको विकास हुन्छ।

कार्ल माक्सले कम्युनिष्ट घोषणापत्रमा कारखानाहरूमा बालकहरूलाई श्रमिकको रुपमा नलिन अडान गरेका थिए सन् १९८९ का दशकमा संयुक्त राष्ट्र अमेरिका एवं सोमालियालाई छोडेर अन्य सबै देशहरूले बाल अधिकार सम्मेलनमा हस्ताक्षर गरेका थिए
इउनिसेफका रिपोर्टअनुसार पसल कालखाना इटाभट्टा र रेष्टुरेन्टका साथै घरेलु कार्यमा विश्वभरि नै करोडौंका संख्यामा बालश्रमिकहरू कार्यरत छन्। तर सबै क्षेत्रमा बालकहरूको शोषण भएको छैन कतिपय क्षेत्रमा बालकले गरेको कार्यले उनको र उनको परिवार दुवैको कल्याण पनि भएको देखिन्छ। विश्वका अरू अरू देश जस्तै भारतवर्षमा पनि यस्ले ठूलो सामाजिक समस्याका रूपमा जरा गाडिसकेको छ। यस्तो डरलाग्दो र घिनलाग्दो समस्यालाई समाधान गर्नु अत्यन्तै जरुरी देखिन्छ। यसरी जल्दो बल्दो समस्या बालमजदुर हटाउन र योसँग लड्न जिम्मेवारी केवल सरकारको मात्र होइन ।सरकारले लगाएको नियमकानुन मानेर चल्नु आम नागरिकको जिम्मेवारी हो ।यस क्षेत्रमा आम नागरिकले सरकारलाई साथ दिनु भने यो समस्या हटाउन धेरै समय लाग्दैन। विभिन्न सामाजिक संगठन महिला समूह ,युवा समूह, एनजिओका साथै मालिकहरू अभिभावकहरूद्वारा नै यो समस्या समाधान हुने सम्भावना देखिन्छ। यो समस्या केवल एकको होइन सबैको हो त्यसैले सबै देश मिलेर पहल गर्नु जरुरी देखिन्छ ।भोलि कसैका बालकमाथि कुनै दुर्घटना नहोस् जसका निम्ति पछुताउनु नपरोस त्यसैले सबै सजग हुन आवश्यक छ।

अशिक्षित वर्ग----
भारतमा धेरैजसो क्षेत्र भनेको नै पछाडिएको ग्रामीण क्षेत्र हो। यहाँ ठूलो संख्यामा एउटा वर्ग अशिक्षित छ उनीहरू शिक्षालाई भन्दा धनलाई प्राथमिकता दिन्छन् फलस्वरूप बालश्रममा बढौति भएको देखिन्छ। ठूलो परिवार बालबच्चा धेरै, कमाउने एउटै यस्तो स्थितिमा परिवार धान्न मुस्किल पर्छ अनि बालबच्चाहरू पनि काममा निस्किन्छन् नत्र घरेलु कामका निम्ति उनीहरूले आफ्नो घरबाट अर्काको घरमा काम गर्न जानु पर्ने बाध्यता आइपर्छ। यस अतिरिक्त समाजका कु प्रवृत्ति भएका व्यक्तिहरूले गलत तरिकाले अर्थको सजिलो उपार्जन गर्नका निम्ति बालश्रमिकहरूलाई काममा खटाइन्छ यसप्रकार समाजमा बालश्रम घट्नुको सट्टा दिन  दिनै बढ्दै गएको देखिन्छ।
विभिन्न कारणहरूले गर्दा बालश्रमको बढोत्तरी भएको छ।
मुख्यरूपमा गरिबीले गर्दा अभिभावकहरूले आफ्ना बालबच्चाहरूलाई घरेलु कामका निम्ति आफूबाट छुट्याएर धेरै टाढा पुर्याएको देखिन्छ ।त्यहाँ त्यस बालक माथि अत्याचार  पनि हुन सक्छ। त्यस स्थितिमा बच्चा बाध्यतामा पर्दछन्।
व्यापारी र पसलेहरूले बालबालिकालाई काम त ठूला कै जति लगाउँछन् तर कम मजुरी दिन्छन् किनकि ऊ बच्चा हो।
ठुला र बाठा मजदुरहरूले धेरै ठाउँमा मालिकलाई छक्याएको देखिन्छ त्यसैले व्यापारीहरूले बाल मजदुरको खोज गर्दछन किनकि बच्चाहरू ठग्न र ढाँट्न जान्दैनन् उनीहरू इमानदारीपूर्वक काम गर्दछन्। अनि न ठगछन् ,धेरै काम गर्दछन् त्यसैले कामदारहरूका निम्ति बाल श्रमिकहरू प्रिय बनि दिन्छन्।
 भारतको संविधानमा बाल श्रमिक हटाउन विभिन्न धारा उपधाराहरूको व्यवस्था गरिएको छ। १४ वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिका कलकारखाना अथवा कुनै जोखिमपूर्ण रोजगारमा नियुक्ति गर्न पाइदैन।
धारा २४ ले बाल्यवस्था र किशोर अवस्थालाई शोषण तथा नैतिक एवं भौतिक परित्यक्तबाट बचाउँछ।
धारा ३९ ए एफ ले सबै बालकहरू जबसम्म १४ वर्षका हुँदैनन् तबसम्म राज्यले निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गर्ने प्रयत्न गरेको छ।
धारा ३९ ए एफले  सन् १९८७ मा राष्ट्रिय बाल श्रम नीति तयार  गरिएको छ जस अन्तर्गत जोखिमपूर्ण व्यवस्थाहरूमा कार्यरत बच्चाहरूलाई पुनर्वासका निम्ति जोड दिएको देखिन्छ।
बर्ष १९९६ मा उच्चतम न्यायालयले दिएको फैसला अनुसार कलकारखानाहरूमा काम गर्ने अथवा जोखिमपूर्ण ठाउँमा कार्यरत बच्चाहरूको सनाखत गरी कामबाट हटाउन र तिनीहरूलाई शिक्षा प्रदान गर्न निर्देश दिएको छ।
यस अघि १४ वर्षभन्दा कम आयुका बालबालिकाहरूलाई मात्र प्रतिबन्ध थियो भने यसमा १४ वर्षका बालकलाई पनि जोखिमपूर्ण कार्यका निम्ति रोक लगाइएको छ।
संसोधन गरेर १४ बाट १८ वर्षसम्मका बालकलाई मात्र किशोरका श्रेणीमा राख्यो र जोखिमपूर्ण औद्योगिक कार्यमा काम गर्न न्यूनतम आयु बढाएर १८ वर्ष गरिएको छ।
यस प्रकारको बालश्रम अधिनियम नियमको उल्लङ्घन गरेको खण्डमा दोषी पक्षको  सजाय एक वर्ष बढाएर दुई वर्ष पारिएको अनि जरिमाना २०,००० बाट ५०,००० पारिएको छ, यति गर्दागर्दै पनि हाम्रो देशमा बालश्रम हटेको छैन।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post