परित्यक्त



परित्यक्त

 - शारदा स्टेफीदा, र्जिलिङ

भाई तपाई त एक कलाकार गायक हुनुहुन्छ मनमा दया छैन तपाँईको ?
गह भरी आँशु पारेर त्यस भाइले हेमलता लाई हेर्छ अनि कामेको स्वरमा सोध्छ।
के तिमी मलाई अन्तिमसम्म साथ दिन्छौ ?बालिका नानीलाई छातीमा चेपेर छातीमा चेपेर उठ्दै भनी किन साथ दिदिन त
तपाईलाई साथ दिउँ हात दिउँ भनेर त मैले विवहा गरे प्रेम गरे।

यो शब्द टुगिन नपाई घर भित्र अर्को कोठाबाट आँधी बतास झैँ हुरिदै आएर छाती पिट्दै कराउन थाली
यो भाइलाई यतिको बनाउन कति कति खर्च गरे कति सिहारी कति हो कति दुःख सही  भन्दै हूँ हुँ भन्दै डाँको छोडेर रुँदै एक्टिङ गर्दै हेमलताको कपाल लुच्न हात अघि बढायो ।उतापट्टि उसको बहिनी सासुहरू पनि भेला भएर गज्याङ गज्याङ कराउन थालिहाल्यो ।त्यो भाइ चाहिँ अब म सुसाइड गर्छु। भन्दै बटारिएर भित्ता समात्दै उठेर हिँड्यो । हेम लत्ता र गाउँलेहरू हक्क न बक्क परे ।अन्तमा हेम लता सानो नानी चेपेर माइत नआई धर पाइन ।त्यहाँ उसका दिदीबहिनीहरूले टिक्नै  दिएनन ।
"मालिनीले भने तिमीहरुले उसलाई बस्न दिदिन भन्छौ। बालाका नानी लिएर कहाँ जाओस् नानीको पाप लाग्ला है" यति भनेर हेमलत्ता लाई
साथमा लिएर मालिनी आफ्नो गाउँ फर्किन्छिन्


रातभरि नानी रुन्छ ।हेमलत्ता र मालिनी लिटो पकाएर खुवाउँछिन् । खाने तेल तातो बनाएर पीठभरि दलिदिन्छिन् ।यसरी पति र उसको सन्तानबाट परित्यक्त बनेकी हेम लता कति हताश छिन्। जसलाई सेवा गरेर बस्छु। सारा जीवनभरि साथ दिन्छु भन्छिन् आज उसैबाट परित्याक्त बनिन् हेमलत्ता ।

माइतमा न त भनेको जस्तो दरो सहारा छन् केवल एक पृथ्वी आमा छिन्। हेमलतालाई  मालिनी " नडराउ सामना गर तिमी पढेकी छौ नानी हुर्किन्जेल आमासँग बस। त्यसपछि स्कुलतिर टिचिङ गर्नु भइहाल्छ बहिनी हरेश "

हेमलताली जे भएपनि पतिको सत्मा बस्न चाहिँन ।यसैले सबै गाउँलेहरूको सहभागितामा उसको दिदीबहिनीहरूलाई भनी वरी त्यो पुरानो घर चियाबारी भित्रको उसलाई दिलाइदिए ।अब हेम्रता त्यहाँ एक्लै बस्ने भई ।नानी सुतेको बेला घर वरिपरि साग सब्जी लगाएर हरियाली बनाएकी थिए। घरमा बत्ती थिएन यसैले साँझमा चाँडै खाना पकाएर  खाई वरी चाँडै ओछ्यान पस्थी । पति एक न एक दिन पति मन फर्केर आउलान् नै भन्दै वर्ष दिन एक्लै बिताइन। । हरेश लाग्दो जग्गामा त्यहीमाथि पनि घरै छेउको छिमेकी उसको दिदीबहिनीको कुरामा उचालिएर हेम लतालाई सताउँथ्यो। ।कोपीहरू सागहरू डल्ले खुर्सानीहरु उखेली दिन्थ्यो। फर्सी र स्कुसका लहराहरु काटिदिन्थ्यो। बोतलमा सुकाएका अचारहरू फुटाइदिन्थ्यो। एकदिन नानी साह्रै बिरामी पर्दा हेम माइतीघर आएर आमासित एक हप्ता बसेकी थिइन् ।
एक हप्ता पछि घरमा फर्किएर जाँदा त घर उजाड पारिएको रहेछ उसको समानहरू एकापट्टि पोको पारी राखेको घरको न त भित्ता छ न त छाना नै सबैभत्काइदिएको रहेछ। तिनै दिदीबहिनीहरुले मान्छेलाई र घर भत्काइदिएको रहेछ ।
बिचरी हेम लत्ता उनीहरूले दोष लगाएको रहेछ कि गाउँकै अर्को केटोसँग लाग्यो भनेर ।
यसरी एक्लै बस्दा एउटी स्वास्ने मान्छेलाई कतिको कामको दुःख हुन्छ कसलाई आफूभन्दा सानो केटो देवरले उसलाई यसो
नानी हेर्न सघाउँदैमा उसलाई कलंक लगाएको रहेछ अब ।अब कस्तो गाउँ कस्तो समाज कस्तो चरित्र भएको मानिसहरू
ओरालो लागेको मृगलाई बाछाले पनि खेद्छ भने झैँ हेमलताको सहायता गर्ने कोही छैन ।मालिनीले सहायताको हात बढाउँछिन्। केही दिनमा दिदीको घरमा शरण लिन पुग्छिन्। त्यसपछि केही दिन माइतमा आमासँग बस्छिन् त्यहाँ पनि अब लामो स्थान छैन। एकपटक स्त्रीलाई पतिले परित्याग गरेपछि गाउँघरले पनि उसैको दोष निकाल्छ ।जान पनि कहाँ जाने दुधे बालक ...लिएर...... ???
बोक्सीले ठाउँ पाउँछ तर नानीको आमाले ठाउँ पाउँदैन। रे अब उसको दुःखले चरमचुली नाघ्यो ।
तर जे होस् हेम लता आफ्नो मुटु दरो पार्छिन् यो छोरीलाई राम्रोसँग ले हुर्काउँछु राम्रो शिक्षा दिन्छु अनि सामर्थ्य बनाउनेछु। भनी भनी मनमनमा अठोट गर्छिन्।
सहरको एउटा सानो कोठामाघरभाडा लिन पुग्छिन्। अनि आफू एउटा स्कुलमा शिक्षिका भई कार्य गर्छिन्।
धन्य राम्रो प्रिन्सिपल उसको नानी राख्ने कोठा पनि बन्दबस्त गरिदिन्छन्। यसरी बस्दा रहँदा उसलाई मन पराउनेहरू धेरै आउँछन्। उसको वैंशको दलानमा
जति नानी हुर्किँदै जान्छ उसको जवानी भरिँदै जान्छ। रित्तेको उसको गालाहरुमा लाली चढ्दै चढ्दै आउँछ। तर एकपल्ट चुडिएर कुल्चिएको उसको मन फेरि नयाँ सम्बन्ध गर्न डराउँछ। आँट गर्दैन। अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भनेझै उसको मनमा आँट नै आउँदैन। नानीको निम्ति समर्पित एउटी नारी फेरिफेरी परित्यक्त हुन नपरोस्। भनी आफैलाई दरो गरी उभ्याउछिन् ।
आज आफ्नो आमासँग त्यस पुष्पिकालाई छोडेकी छिन्। विधुई आमासँग नातिनीले साथी दिए कि छिन् अंग्रेजी माध्यमको स्कुलमा पढाउँदै छिन छोरीलाई ।आफू चाहिँ दिल्लीको कोरल बागमा कार्यरत छिन् राम्रै छ तनखा मालिनीलाई बेलाबेला फोन गर्छिन्। नानीलाई र बोजुलाई पोख्ने गरी पैसा पठाउँछिन् महिना महिनामा ।मालिनी सदैव उसको शुभचिन्तक बनेर सरसल्लाह दिइरहन्छिन्। साथै सानो नानीको देखरेख पनि गरिदिन्छिन्। यसरी एउटा नारीको दुःख अर्को नारीले नबुझे मान्छेको जीवन हरे के ???
भग्न हृदय लिएर पनि समाज गाउँ का कुरीतिहरूसित लड्दै लड्दै एउटी नारी अर्को नारीको सहारा हुन पुगेको देखिन्छ ।कोरल बाग दिल्लीमा भएकी वृद्धा महिलाको हेरचाह आफ्नै आमालाई चाहिँ गर्छिन् हेमलता ।
"हेलो  !दिदी सबै ठिकै छ ?"
"ठिकैछ छ सबै कुरा "
मालिनी र हेम लत्ता
सधैँ भलाकुसारी गर्छन् ल्यान्डलाइन फोनमा कहिलेकाहीँ नभन्दा नि हप्तामा एकपल्ट ।अब त छोरी पनि ठुली भएकी छिन्। आठौं कक्षामा पढ्दै छिन् हेम लता आफै बाबु बनेर आफै आमा बनेर पनि पढाउँदै छिन् छोरीलाई ।जीवनमा आफूले जस्तो दुःख नपाओस् भनेर छोरीलाई उच्च शिक्षा दिन दिनरात मेहनत गर्छिन्। पैसा बचाउँछिन्
।अहिले त्यो युवक भने खिनौटे भएको छ ।दिदी चाहिँदै डरलाग्दो रोग लागेर मर्नु न बाँच्नु  भएको छ
बहिनीलाई गलत धन्दा गरेकोमा ड्रग्स सप्लाई गरेको थाहा पाएर पुलिसले हिरासतमा लिएको छ।
परित्यक्त भएकी हेमलता आज आफ्नो छोरीको सफल जीवन होस् भनी कामना राख्छिन्। यद्यपि उसले पापाको माया पाइनन् तर पनि पुष्पीका बोजुको प्यारो काखमा हुर्किँदै छिन्।
समाप्त
(निष्कर्ष )
यो कथा एउटी नारीको सङ्घर्षको काल्पनिक कथा हो।कथङकाल कसैको जीवनसित यस कथाको घटनाक्रमहरू मिल्न गए त्यसलाई एक संयोग मात्र मानिदिने निवेदन गर्दछु। .

कथाकार
- शारदा स्टेफी
दार्जिलिङ
24/12/2024

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post