गीत
- भक्ति शर्मा (सिक्किम )
जान्छौ नै भने छोडेर मलाई एउटा गुण लगाएर जाउ,
चुँडिएको तार जोडी दिलको मीठो धुन बजाएर जाउ ।
यातना भोगेर पनि कहिले नुनिलो हाँसो थिएन
स्वीकारें दिलैबाट उसलाई जो मेरो नासो थिएन ,
ढलेको छ दियो मन-मन्दिरको बत्ती बालेर जाउ ,
अझै छ विश्वास केही दिलमा सबै नीव ढालेर जाउ ।
आघात नपुगोस भनेर जलन आँसुले नै
भिजाएँ
दन्किरहेको आगो बीचको आफैँ जलेर निभाएँ ,
घाइते बनाई मुटु रुँदै गरेको यो छाती छोएर जाउ,
दाग बत्ती दिएर मेरो तस्बिरमा अन्तिम रोएर जाउ ।।
Post a Comment