संघर्ष गर्न नडराउने,जातिस्वत्तामा रमाउने व्यक्तित्व : सचेन दुमी राई:जीवनीपरक एक झलक ।

 

संघर्ष गर्न नडराउने,जातिस्वत्तामा रमाउने व्यक्तित्व : सचेन दुमी राई:जीवनीपरक एक झलक


            - पूर्णकुमार शर्मा, समारदलनि

             विश्वनाथ, असम-७८४१७५.


सन १९४२ को ५ जुलाईको दिन मिरिक गोपाल धारामा जन्मनुभएका कवि साहित्यकार सचेन दुमी राई साहित्य जगत्मा सन १९६० देखि देखा परेको कुरा बुज्न सकिन्छ । किनभने उसबेला जनदूत पत्रिकामा " शिक्षा विवेचना" शीर्षक रचना प्रकाशित भएको तथ्य प्रमाण फेला पर्छ ।
अब उसो हेर्दा उत्साहित हुन करै लाग्छ कि सचेन दुमी राई महोदय १९६६/६७ देखि,सगुन,सैनिक समाचार, अर्चना,आधार,प्रक्रिया,सूर्योदय, हाम्रो चियाबारी,शब्द जस्ता समसामयिक पत्र पत्रिकाहरुमा लेख रचना छापिएका र निरन्तरताको कडी मजबुत गर्दै उनी साहित्य क्षेत्रमा एकजना प्रतिष्ठित मानिने साहित्यिक हुन पुगेको किटान गर्न सकिन्छ । सचेन दुमी राई सर द्वारा सम्पादित "हाम्रो चियाबारी" पत्रिका हाम्रो यता आसाम सम्म आईपुगेको कुरा यस पंक्तिकारको मनमा आजपनि यथावत छ ।
        सन १९६० देखि साहित्यिक गतिविधिमा सम्लग्न भएता पनि उनका कृतिहरु भने २००१ देखि मात्रै प्रकाशनमा आएको हो । यस अघी उनको साहित्य कर्म बारे चर्चा गरिनुपर्ने कुरा के हो त भने - सन १९८८" भाषा नेपाली कि गोर्खा, अनि सन १९९० मा-" भारतको शिक्षा नीति र दार्जीलिङ यी दुइ पुस्तक प्रकाशन गरेर, नेपाली भाषा साहित्य र शिक्षा जस्तो कुराको विवादमा आफ्नो सिद्धान्त र मत व्यक्त गर्दै उनले संघर्षको र विद्वताको परिचय प्रस्तुत गरेको पाईन्छ । अङ्ग्रेजी भाषाको राम्रो ज्ञान भएका पारखी दुमी सरले प्रथम श्रेणी देखि चौथौ श्रेणी सम्मको पाठ्यपुस्तकको रचना गरेको कुरा लरतरो कुरा होइन । लगभग १९८५ देखि १९९२ सम्म उहाँले "वितर्क" नामको पत्रिका सम्पादन गरेको तथ्य पाइएको छ । साहित्य समाज देश र स्वभाषा भनेर मरिमिटने स्वभावका सचिन सरले विभिन्न संस्थागत काममा रूचि राख्ने अनि कतै अध्यक्ष अनि कतै सचिवमा नियुक्त भएर सेवा गरेको कुरा सामाजिक चेतनाका सजग प्रहरी हुन भन्नेकुरा,उकेरा लगाएर भन्नैपर्ने हो ।
कविका रूपमा प्रतिष्ठापित हुन सक्ने दुमी राई सरको विषयमा सन २००३मा आई,बी,लामा " मलाई के भन्ला" अनर्गत यसरी भन्नुहुन्छ -" कवि श्री सचेन्द्र राइको कवितामा व्यङ्ग र आक्रोश छ । युगको स्वर र अभिव्यञ्जनाको अभिव्यक्ति पाँउछौ... यहाँका कवितामा सुन्दर भाव र शैलीपक्ष निहित रहेर पनि त्यस अतिरिक्त कवितामा अनुभव,विचार,दर्शन राष्ट्रिय चेतनामा केही लक्षणहरू यस सँगालोमा
समावेश गरिएका छन ।
              हुन पनि बुज्दै जादाँ,सरल, सुन्दर, बोधगम्य कवितामा आफ्नो सामग्रिक मर्म पोख्न सफल रहेका दुमी राईका कविता अथवा अन्य रचनामा पनि
अनावश्यक चिल्लोयुक्त भाषा,शब्दको मायाजाल अथवा बढीमा वौद्धिक आडम्बर देखाउने पक्षमा देखिदैनन ।
            उपसंहारमा भन्नुपर्दा सचिन दुमी राई एकजना बहुमुखी प्रतिभाको धनी, एकजना संघर्ष र संघात्मक व्यवस्था भित्रबाट पनि आफ्नो उदेश्यको उडानमा अडान कायम राख्दै साहित्यिक सतीत्वमा अडिग रहने, उच्चस्तरीय सोच विचार भएका साहित्यिक रहेको कुरा उहाँको कर्मले छर्लङ्ग पारेको छ । यस्ता होनहार प्रतिभाशाली व्यक्तित्वको पहिचान सहितको उहाँको जीवन मूल्याङ्कनको दस्तावेजीकरण गर्न अघि सरेर निस्कने साहित्यिक मित्र वन्धुहरूको धेरै कदर गर्न पर्छ । यस क्षेत्रमा यस पंक्तिकारसँग " अन्तर्राष्ट्रिय साहित्य कला मञका सक्रिय कार्यकर्ता( विमला जोशी प्रधान,जो मेरो पूर्व परिचित श्रद्धेया महिला साहित्यकार)ले सौहार्दपूर्ण योगायोग गरेर
सचेन दुमी राई मूल्याङ्कन ग्रन्थमा, दुमी राई सरको विषयमा किञ्चित चर्चा परिचर्चा प्रस्तुत गर्ने मौका दिएकोमा, साहित्यिक सारदा स्टेफी,सुभद्रा बम्जन लगायत साहित्यिक महेश दाहाल प्रति हार्दिक कृतज्ञता पूकारर्दै,यो रचना यही समेटिएको छ ।


मोबाइल -९१०१३१५६०७
इमेल - purnaksarmah@gmail.com


0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post